नेपाली बजारमा छापावाल सुन र चाँदीको मूल्य घट्यो


काठमाडौँ- नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ९१५ रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ।