काठमाडौँ- दोलालघाट, भूम्लू गाउँपालिका–१ सापिङमा भीरबाट लडेर ३५ वर्षीय श्रीकृष्ण गिरीको मृत्यु भएको छ। बिहीबार दिउँसो आफ्नै घरदेखि करिब १।५ किलोमिटर पश्चिम आङगे खोल्सामा गिरी मृत अवस्थामा फेला परेका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी दोलालघाट र इलाका प्रहरी कार्यालय कार्तिके देउरालीबाट सुरक्षा टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान शुरू गरेका छन्। अनुसन्धानका क्रममा गिरी करिब ३५–४० मिटर अग्लो भीरबाट लडेर आङगे खोल्सामा खसेको र उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको पुष्टि भएको प्रहरीले जनाएको छ।
मृत्युको कारणका बारेमा थप अनुसन्धान भइरहेको र घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया