काभ्रे, बनेपा होटलमा २३ वर्षीया महिला मृत फेला, हत्या हुनसक्ने आशंका


काठमाडौँ- काभ्रेको बनेपा नगरपालिका स्थित होटल भ्यू एन्ड पाहुना घरको दोस्रो तल्लामा एक महिला मृत फेला परेकी छन्। बिहीबार साँझ ६ बजे होटलको कोठा नम्बर ११५ मा २३ वर्षीय शर्मिला श्रेष्ठ मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका निमित्त सूचना अधिकारी दिनेशबहादुर कुँवरका अनुसार, मृत महिला बनेपा नगरपालिका(६ बुडोलकी रहने भएकी हुन्। घटनाको प्रकृति हेर्दा हत्या हुनसक्ने आशंका गरिएको छ।

प्रहरीले होटलको सिसीटिभी फुटेज संकलन गरी घटनाको अनुसन्धान गरिरहेको छ। सिसीटिभी फुटेजमा सोही समयमा एक जना पुरुष होटलबाट बाहिरिएको देखिएको छ, जसलाई आधार बनाएर प्रहरी अनुसन्धान अघि बढाएको छ।