१७ फागुन, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित उनी २०७४ को चुनावमा पनि वडा अध्यक्षमा नै विजयी भएका थिए ।
प्रतिक्रिया