भूमि अध्यादेश जसरी पनि पास गराउने सरकारको अन्तिम प्रयास, राजनीतिक दलसम्बन्धी विधेयक ल्याउने तयारी


भूमि अध्यादेश जसरी पनि पास गराउने सरकारको अन्तिम प्रयास, राजनीतिक दलसम्बन्धी विधेयक ल्याउने तयारीसरकारले राजनीतिक दलसम्बन्धी विधेयक ल्याउने तयारी थालेको छ । हिजो (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा रहेको रिक्तता पूरा गर्न विधेयक ल्याउने बारे छलफल भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

नेता घिमिरेले विधेयकको उद्देश्य दल विभाजन नरहेको बताए । यदि कुनै दल फुट्छन् भने सरकारले जिम्मा लिन नसक्ने उनको भनाइ छ । उनले हिजो कांग्रेस, एमालेलगायतका दलहरु पनि विभाजित भएको बताउँदै उनले भने, ‘अब फुट्छ भने त्यसको जिम्मा त हामी लिन सक्दैनौं । भोलि ठूलै दल पनि फट्न सक्ला । हिजो कांग्रेस पनि फुटेको हो, एमाले पनि फुटेको हो । तर, कुरा के हो भने कसैको दल फुटाउने उद्देश्य होईन । कानुन शून्यतामा रहन सक्दैन, रिक्तताको अवस्था त पूरा गर्नुपर्यो नि ।’