नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य स्थिर


काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सुनको मूल्य शुक्रबारकै स्तरमा कायम गरिएको छ।

महासंघले जनाएको अनुसार, आइतबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ रहेको छ। यस्तै, चाँदीको मूल्य पनि स्थिर रहि १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।