काठमाडौँ- बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलामा २२ वर्षीय सुरेन्द्र विष्ट गोली प्रहारबाट गम्भीर घाइते भएका थिए र पछि उनको मृत्यु भएको छ।
शनिबार राती लेनदेनका विषयमा विवाद हुँदा सुरेन्द्रको दाजु ४० वर्षीय कर्णबहादुर विष्टले वन्दुकको गोली प्रहार गरेका थिए। गोली लागेर घाइते भएका सुरेन्द्रलाई तत्काल जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।
गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्, र प्रहरीले उनको खोजी सुरु गरेको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक बलदेब बडू र अन्य प्रहरी टोलीलाई खटाइएको छ।
प्रतिक्रिया