धनगढीको सामुदायिक वनमा दुई जना मृत फेला


काठमाडौँ- धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनमा आइतबार बिहान दुई जना मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार, मृत फेला परेकामा धनगढी–१० का अन्दाजी ३२ वर्षका देवल चौधरी रहेका छन्। उनी जामुनको रूखमा साइकलमा सामान बाँध्ने ट्युबले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

त्यस स्थानबाट २० मिटर टाढा सोही ठाउँका अन्दाजी ३४ वर्षका कैदा राना भूमिमा पल्टेको अवस्थामा मृत फेला परेका छन्।प्रहरी नायव उपरीक्षक बोहराले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।