‘अभिमन्यु’ साउनको २४ बाट रिलिजमा आउने



सेभेन सिज सिनेमाले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । यसअघि ‘पुर्ण बहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक व्लकबस्टर फिल्म बनाएको यो फिल्मले नयाँ चुनौती मोल्दै ‘अभिमन्यु’ निर्माण गर्न लागेको हो । यो फिल्मलाई नेपाली र हिन्दी भाषामा निर्माण गर्ने जानकारी समेत दिइएको छ ।

सुशान्त गौतमको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा विनोद पौडेल र गुञ्जन गिरीको लगानी रहनेछ ।

यो फिल्ममा मुकेश खनालको लेखन, रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । मदन थापा क्रियटिभ निर्देशक रहेको फिल्मको प्रदर्शन मिति समेत तय गरिएको छ । यो फिल्मलाई आउँदो वर्षको साउन २४ गते विश्वव्यापी रुपमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

सेभेन सिज सिनेमाले यसअघि फिल्म ‘अगस्त्य र पूर्ण बहादुरको सारङ्गी’ निर्माण गरेको थियो । केही फरक कथामा आफूहरुले जोखिम मोलेको यसका निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

फिल्मका लागि कलाकारहरु पनि कोही पनि घोषणा गरिएको छैन ।