दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘महाभोज’को छायांकन २५ दिनमा सकिएको छ । ३३ दिन पोखरा र २ दिन काठमाडौंमा खिचेर फिल्मको छायांकन सकिएको हो ।
फिल्मको अन्तिम चरणको दृश्यमा नायक खगेन्द्र लामिछाने र नायिका अञ्जना बराइलीले अभिनय गरेका थिए । यो फिल्मले विश्वासघात र भ्रष्टाचार विरुद्धको कथालाई भन्छ ।
फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत्त, वसुन्धरा भुषाल, मोहन निरौला, वुद्दि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, विरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरुको अभिनय छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यो फिल्ममा हिमाल कडरिया हुन् । फिल्ममा विकास सुवेदीको स्क्रिप्ट, राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
यो फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । उपयुक्त मिति छनोट गरेर फिल्म रिलिज गरिने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया