फिल्म ‘वरिष्ठ बलराम’को छायांकन आजबाट सुरु गरिएको छ । यो फिल्मको निर्माणपक्षले आज काठमाडौंको बुढालिनकण्ठ मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरेको हो । यसअघि नै यो फिल्मको प्रदर्शन मिति पनि तय गरिसकिएको छ ।
फिल्मलाई आउँदो वर्षको कात्तिक ३ गते लक्ष्मीपूजाको दिनबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।
फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतका कलाकारहरुको अभिनय छ । आशिस एच तामाङ र श्रीराज कार्की फिल्मका निर्माता हुन् । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहने यो फिल्ममा महेश दवाडीको लेखन छ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मको छायांकन चितवन र हेटौंडामा हुनेछ । मानकृष्ण महर्जनले फिल्म खिच्नेछन् ।
फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन, प्रदीप लामाको कोरियोग्राफी रहनेछ । सामाजिक कथावस्तुमा यो फिल्म बन्नेछ ।
प्रतिक्रिया