स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिको प्रदर्शनका क्रममा झडप भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा भएको झडपमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल घाइते भएका छन् । उनको बानेश्वरस्थित निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीतर्फ पनि घाइते भएको बताइएको छ ।
प्रतिक्रिया