गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलई वार्तामा आउन आह्वान गरेका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले वार्तामा आउन अनुरोध गरेका हुन् । नो केबलकार समूहको मागप्रति सरकार गम्भीर रहेको जनाउँदै मन्त्री लेखकले सरकार वार्ताबाट समस्या समाधान गर्न तयार रहेको बताउका छन् ।
शान्तिपूर्ण ढङ्गबाट समस्या समाधानको सरकारको पहललाई सहयोग गर्न उनले आन्दोलनरन पक्षलाई आग्रह गरेका छन् । ‘वार्ताका लागि गृह मन्त्रालयले सह-सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पक्षले वार्तामा अवरोध गरेपछि गृह मन्त्रालयले फागुन १२ मा फेरि वार्ताका लागि आव्हान गरेको छ,’ उनले भने, ’सरकार शान्तिपूर्ण ढङ्गले समस्या समाधानका लागि गम्भीर छ ।’
पाथीभरा मुकुम्लुङु क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै एउटा समूह आन्दोलनमा रहेको छ । पटक पटक सरकारसँग वार्ताको पहल भएपनि सहमति भने जुट्न सकेको छैन् । यसअघि यसअघि पनि सरकारी वार्ता टोलीले यस्तै प्रकृतिको वार्ताका लागि आह्वान गरेको थियो । ‘नो केबलकार समूह’ ले गृह सचिवस्तरको वार्ता टोलीले आफूहरूको माग सम्बोधन गर्न नसक्ने बताउँदै आएका छन् । सरकारले मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया