बानेश्वरमा प्रदर्शनकारीले झडप हुने अवस्थाको सृजना गरेपछि एसएसपी विश्व अधिकारी पुगे फिल्डमा


काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा झडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।