काठमाडौँ– आगामी चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा कर्णाली प्रदेशबाट करिब ३८ हजार विद्यार्थी सहभागी हुने छन्। प्रदेश शिक्षा निर्देशनालय सुर्खेतले आइतबार आयोजित परीक्षा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिएको हो।
प्रदेश शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमालले कर्णाली एसईई परीक्षाका लागि आवश्यक उत्तरपुस्तिकाहरू सबै जिल्ला जिल्लामा पुगिसकेको बताइन्।
कार्यक्रममा उनले कर्णालीका १० वटै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरूको गोष्ठीमा परीक्षा व्यवस्थापनका लागि विभिन्न समितिहरूबीच समन्वय भइरहेको जानकारी दिइन्। यस वर्ष कर्णालीमा ३७ हजार ९ सय ११ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्, जसका लागि १ सय ८० परीक्षा केन्द्र छनोट गरिएको छ र सबै केन्द्रमा उत्तरपुस्तिकाहरू वितरण गरिने प्रक्रिया जारी छ।
कर्णाली प्रदेशमा एसईई परीक्षा व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिबीच समन्वय गरिरहेको बताइएको छ।
प्रतिक्रिया