काठमाडौँ- वालिङ नगरपालिका ६ मिर्दीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। शनिबार बेलुकी घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर थापा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय ३५ रुपैयाँ र २ सय १३ पत्ती तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्दै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया