प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा मागे, शिक्षकलाई गाली गरेकोमा उठाए प्रश्न


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसम्पादन फेल भएको भन्दै उनको राजीनामा मागेका छन्। धनुषामा आयोजित जनतासँग माओवादी तराई(मधेस जागरण सभामा सम्बोधन गर्दै प्रचण्डले क्याबिनेटको कार्य सम्पादन मूल्याङ्कनअनुसार प्रधानमन्त्री ओली २८ प्रतिशत अंक मात्रै पाएको भन्दै उनलाई फेल भएको टिप्पणी गरे।

प्रचण्डले भने, “प्रधानमन्त्रीजी तपाईंको क्याबिनेटको कार्य सम्पादन मूल्याङ्कनमा तपाईं २८ प्रतिशतमा पर्नुभएको छ। तपाईं त फेल नै हुनुभएको छ। किन बसिराखेकोरु” उनले फेल भएको व्यक्ति पदमा बसिराख्न नहुने र कार्यको मूल्याङ्कनको आधारमा राजीनामा माग्नुपर्ने जिकिर गरे।

त्यस्तै, प्रचण्डले प्रधानमन्त्री ओलीको शिक्षकहरूसम्बन्धी अभिव्यक्तिमा आपत्ति जनाए। ओलीले एक सार्वजनिक कार्यक्रममा शिक्षकहरुले ५२ प्रतिशत विद्यार्थीलाई फेल गरेर ४८ प्रतिशत मात्र पास गराएको भन्दै तिनीहरूको तलब र सेवा सुविधामा वृद्धि गर्न आवश्यक नरहेको भनेका थिए। प्रचण्डले यसमा आपत्ति जनाउँदै भने, “तपाईंले प्रधानमन्त्रीको कुरा सुन्नुभयो होला— ४८ प्रतिशत मात्रै पास गराउने टिचरलाई केको सुविधारु उहाँले मास्टरलाई गाली गरे। राज्यले उचित बजेट दिनुछैन, व्यवस्थापन गर्नुछैन, शिक्षकलाई गाली गर्नेतिर प्रधानमन्त्रीको बुद्धि छ, कर्मचारीलाई गाली गर्नेतिर छ।”