बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर


काठमाडौँ- नेपालमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाली सुनचाँदी व्यवसायीका अनुसार, आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो, र सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भएको थियो र सोमबार पनि सोही मूल्यमा चाँदी किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा, आज सुनको मूल्य प्रतिऔंस २८ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।