कोशी टप्पुबाट बस्तीमा पस्यो बाघ, तीन जना घाइते


काठमाडौँ- सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुर ९खोरियाटोल० मा सोमबार बिहान बाघको आक्रमणबाट तीन जना स्थानीय घाइते भएका छन्। ६० वर्षीय गणेश खत्री, ५० वर्षीय कृष्ण विष्ट र रिजना गोसाइलाई बाघले आक्रमण गरेको हो।

आक्रमणपछि, कृष्ण विष्ट र रिजना गोसाइलाई थप उपचारका लागि बिराटनगर लगिएको छ, जबकि गणेश खत्रीको उपचार फत्तेपुर मोडल अस्पतालमा भइरहेको छ।

स्थानीय स्रोतका अनुसार, बाघ फर्निचर उद्योगमा पसेको थियो, र यसबारे प्रहरी चौकीको टोली बाघलाई नियन्त्रणमा लिन खटिएको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालका अनुसार, कोशी टप्पु वन्यजन्तु आरक्षसँग समन्वय गर्दै बाघलाई नियन्त्रण गर्न प्रयास भइरहेको छ। प्रहरीको अनुमान अनुसार, उक्त बाघ कोशी टप्पु क्षेत्रबाट आएको हो।