नेपाली फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकिरहेको समयमा नायक सुशिल श्रेष्ठ अभिनित फिल्म ‘आउटलः दफा २१९’ले दर्शकको ध्यान खिचेको छ ।
फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको हो ।
फिल्मको ट्रेलरले युट्युबमा ११ लाख बढी भ्यूज पाएको छ । साथमा, फिल्मको ट्रेलरले प्रतिक्रिया पनि उत्कृष्ट पाएको छ ।
दर्शकले यो फिल्म हलिउड र बलिउड स्तरको बनेको भन्दै प्रशंसा गरिरहेका छन् । साथमा नायक सुशिल श्रेष्ठको कामको पनि चौतर्फी तारिफ भइरहेको छ । यसैले, विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिको लगानी रहेको यो फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।
फिल्मको मेकिङ, यसको प्रस्तुति र सुशिलको एक्सन लुक्सले दर्शकलाई आकर्षित गरेको हो । अधिकांश प्रतिक्रिया दिने दर्शकले सुशिलको कामको तारिफ गरेका छन् । साथमा, नेपालमा पनि यस्तो शैलीको फिल्म बनेको भन्दै प्रशंसा गरिरहेका छन् ।
प्रतिक्रिया