फिल्म ‘राजागंज’को ट्रेलर सार्वजनिक भएको छ । चैत्रको १ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । यो फिल्मले तराइमा हुने गरेको बालक अपहरणको कथालाई प्रस्तुत गरेको छ ।
सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, पशुपति राई लगायतका कलाकारहरुको अभिनय छ ।
दीपक रौनियार, डेभिड बारकेर र आशा मगरातीले मिलेर लेखेको यो कथामा आशा मगराती, रामबाबु गुरुङ र एलन आर मिलिगनको लगानी छ ।
फिल्म ‘राजागंज’ले अन्तरराष्ट्रिय महोत्सवमा आफ्नो बलियो उपस्थिती पनि जनाइसकेको छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक दीपक रौनियारले महोत्सवमा देखाइएको फिल्म भन्ने वित्तिकै फरक धारणाले हेर्न गरिएको भन्दै त्यसरी नहेरिदिन आग्रह गरे ।
यस्तै, नायक दयाहाङ राइले पनि विदेशमा निकै नै रुचाइएको यो फिल्म अब नेपालमा पनि आउन लागेकाले दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया