तीन वटा गीतको छायांकन बाँकी राख्दै फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । बाँकी तीन वटा गीतको छायांकन पनि चाडै गर्ने निर्माणपक्षले बताएको छ ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्ममा सरोज ओली र मोहित वंश आचार्यको लगानी छ । फिल्मका मुख्य कलाकार तथा परिकल्पनाकार हरिवंश आचार्यले प्राविधिक र सिंगो टिमको मिहिनेतका कारण समयमा नै छायांकन सकिएको बताए ।
सएम मोसन पिक्चर्सको व्यानरमा निर्माण भएको यो फिल्ममा सरोज ओली र मोहित आचार्यको लगानी छ । फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिव्यदेव पन्त लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्म आउँदो वर्षको फूलपातिमा रिलिज हुने पक्का भइसकेको छ । फिल्मले सामाजिक कथालाई उठान गरेको छ ।
प्रतिक्रिया