काठमाडौँ- ललितपुरको टिकाथली क्षेत्रमा बोरिङ गर्ने क्रममा प्रज्वलनशील ग्यास निस्केको घटना भएको छ। ३५० मिटर गहिराइबाट ग्याँस निस्किएपछि त्यसबाट आगो बलिरहेको जानकारी जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले दिएका छन्।
महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा एकजना स्थानीयले खानेपानीको लागि बोरिङ गर्दा ग्यास निस्किएको हो। घटनास्थलमा प्रहरी र नगर प्रहरीको टोली पुगेको छ र स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ। ग्याँसको आगो फैलिन नदिन प्रहरीले सुरक्षा व्यवस्था गरेको छ।
प्रतिक्रिया