भारतबाट ल्याइरहेको प्रतिबन्धित ब्राउन सुगरसहित दुई युवक पक्राउ


काठमाडौँ- बर्दियामा मोटरसाइकलको हेलमेट भित्र लुकाएर भारतबाट नेपाल ल्याइरहेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ ठउरीका २४ वर्षीय रामबहादुर नेपाली र २१ वर्षीय रामचन्द्र थापा छन्।

प्रहरी प्रवक्ता ऋषिराम घर्ती मगरका अनुसार, उनीहरूलाई सोमबार दिउँसो बर्दियाको बढैयाताल गाउँपालिका ७ कण्ठपुर चेकपोष्टको उत्तर पश्चिमस्थित गहुँबारी क्षेत्रबाट पक्राउ गरिएको हो। शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई प्रहरी चौकी कालिकाबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

खानतलासी गर्दा, मोटरसाइकलको हेलमेटभित्र लुकाएर राखिएको ५ ग्राम ७९० मिलीग्राम ब्राउन सुगर बरामद भएको डिएसपी घर्तीले जानकारी दिएका छन्।

जिल्ला अदालतले पक्राउ परेका दुबै युवकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको छ।