काठमाडौँ- जनकपुरधामस्थित मधेश भवनमा रहेका मधेश सहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत अवस्थामा फेला परेका छन्। आज बिहान आफ्नै निवासको ओछ्यानमा मृत अवस्थामा फेला परेका यादवका बारेमा धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन्।
डीएसपी सिंहका अनुसार, मृतक यादवको शरीरमा बान्ता भएका थिए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। मृत्युको कारण भने अहिले स्पष्ट नभएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
घटनाको पूर्ण कारण पत्ता लगाउन प्रहरी अनुसन्धानलाई तीव्रता दिनु भएको छ।














प्रतिक्रिया