थापाथलीमा पाइप फुटेर पाँच लाख लिटर पानी खेर गयो


काठमाडौँ- थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले जानकारी दिएको छ। यो समस्या सो क्षेत्रको पाइप फुटेपछि उत्पन्न भएको हो, जुन छिटो समाधान गरिएको छ।

यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गर्ने पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो। त्यसका बारेमा नेपाल विद्युत् प्राधिकरणको कारण पाइप फुटेको जनाइएको थियो।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार, पाइप फुट्ने मुख्य कारण पानीको चाप धेरै भएकाले त्यसका साथसाथै फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको छ। पाइप खरिद गर्दा थर्ड पार्टी इन्स्पेक्सनु गरेर ल्याइएको र मानवीय कारणले समस्या भएको भए त्यसलाई सच्याइने जानकारी दिइएको छ।

हाल, थापाथलीमा फुटेको पाइपलाई व्यवस्थापन गरिएको र केही दिनमा उक्त क्षेत्रमा पानी वितरण पूर्ववत् अवस्थातर्फ फर्काउने प्रक्रिया जारी रहेको प्रवक्ता राईले बताए। खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायहरूले सडक खन्दा समन्वय नगर्दा पाइपमा समस्या उत्पन्न हुने बताइएको छ।