सुनसरीको धरानमा प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ


काठमाडौँ- सुनसरीको धरान उपमहानगरपालिका(३ स्थित माछा भौडीबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्कुटर चालक २७ वर्षीय विनय देवान, स्कुटर पछाडि सवार २८ वर्षीय कुविर श्रेष्ठ र ३५ वर्षीया सिर्जना गुरुङ रहेका छन्।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी गस्ती टोलीले पुरानो बजारबाट रत्न चौक जाँदै गरेको को २० प ४८१६ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ट्रामामोलका ५०० ट्याब्लेट र प्रतिबन्धित औषधी डिकोलिकका ५०० ट्याब्लेट बरामद गरेको छ। तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।