भारतको सीमा नाकाबाट भन्सार छलेर ल्याइएको २० केजी चाँदीसहित ४ जना कारोबारी पक्राउ


काठमाडौं काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भारतको रक्सौल नाकाबाट भन्सार छलेर ल्याइएको २० केजी चाँदीसहित ४ जना कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज हुँदै काठमाडौंको जडिबुटीस्थित नरेफाटमा उक्त चाँदी भण्डारण गरिएको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने चार जनालाई प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले भने, यो एक ठूलो भन्सार चोरीको घटनासँग सम्बन्धित हो र चाँदीलाई अन्य स्थानमा बेच्ने योजना थिएू भनेर जानकारी दिएका छन्।

प्रहरीको यो सफलता भन्सार छल्ने र अवैध कारोबार नियन्त्रणमा ल्याउन थप कडा कारवाहीको संकेत हो।