२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो भनेर प्रश्न सोधेका पत्रकारको पास निलम्बन भएको छ।
संसद भवन प्रवेशका लागि संघीय संसद सचिवालयले उपलब्ध गराएको पास एक महिनाका लागि निलम्बन भएको हो।‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोर कुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको हो।
उनीहरूलाई बुधबारसम्म सचिवालयबाट जारी भएको पास फिर्ता गर्न संघीय संसद सचिवालयले अनुरोध गरेको छ। फागुन ४ गते संसद भवनबाट बाहिरिँदै गर्दा युट्युबरहरूले प्रधानमन्त्रीलाई ‘तानाशाह’ र ‘हिटलर’ भनेका थिए।
प्रतिक्रिया