काठमाडौँ- संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ। पत्रकारहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै उनीहरूको प्रवेश पास निलम्बन गरिएको हो।
महासचिव स्तरीय निर्णय अनुसार पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको जानकारी प्राप्त भएको छ। संसद सचिवालयले पत्रकारलाई रिपोर्टिङका लागि प्रवेश पास उपलब्ध गराउँछ, र सोही प्रवेश पासलाई महासचिव स्तरीय निर्णयबाट निलम्बन गरिएको हो।
प्रतिक्रिया