निर्देशक हिमाल न्यौपानेले नयाँ फिल्म ‘जनै हराएको बाहुन’मा नायिका केकी अधिकारीलाई अनुवन्धित गरेका छन् । यसअघि यो फिल्ममा नायिका मिरुना मगर पनि फाइनल भइसकेकी छिन् । फिल्मको मुख्य भूमिकामा कलाकार विजय बराल फाइनल भइसकेका छन् । फिल्ममा गौरव पहाडी, रेअर राई र मनिष राउतले काम गर्ने पक्का भइसकेको छ ।
केकी र मिरुनासँग यसको टिमले कागजी संझौता गरिसकेको छ । फिल्ममा विजयसँगको जोडीको रुपमा कुन कलाकारले काम गर्ने हुन् पक्का भएको छैन । परक्लिप प्रालिले निर्माण गर्न लागेको यो फिल्मको कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका हुन् ।
फिल्मले गाउँबाट शहर आएको एक सामान्य व्यक्तिले कस्ता कस्तो समस्या भोग्नुपर्छ भन्ने देखाउन खोजेको छ ।
आदित्य फिल्मस् निर्माता रहेको यो फिल्ममा नवीन गुरुङ छायांकारको रुपमा छन् । यो वर्षको अन्तिमबाट छायांकनमा जाने फिल्मलाई आउँदो वर्षको हरितालिका तीजमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया