फिल्म ‘श्री बुकुरो’को दोस्रो टिजर पनि सार्वजनिक गरिएको छ । पहिलो टिजरले दर्शकको राम्रो साथ पाइरहेको समयमा दोस्रो टिजरमा अझै कथाको गहिराई देखाउने कोशिश गरिएको छ । सुदिप भुपाल सिंहको निर्देशनमा यो फिल्म बनेको हो ।
पारिवारिक कथामा निर्माण भएको यो फिल्मको हाल पोस्ट प्रोडक्सनको काम चलिरहेको छ । यसको निर्माणपक्षले अहिलेसम्म प्रदर्शन मिति भने तय गरेको छैन । फिल्मको टिजर कलाकार लक्ष्मी गिरीको संवादबाट सुरु हुन्छ ।
फिल्म रेञ्जको व्यानरमा निर्माण भएको यो फिल्ममा लक्ष्मी गिरी, आर्शिवाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय छ । पारिवारिक कथामा निर्माण भएको यो फिल्ममा सिंहको लेखन, रुबी सेनको लगानी छ ।
सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा रञ्जीत गमजेर र बसन्त सापकोटाको संगीत छ । फिल्मको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो ।
फिल्म ‘माला र रुद्रप्रिया’ निर्देशन गरेका सुदिप ७ वर्षपछि फिल्म निर्देशनमा फर्किदैछन् ।
प्रतिक्रिया