संघीय संसद भवनमा विपक्षी दलहरूको बैठक, सरकारका अध्यादेशबारे छलफल


काठमाडौँ– संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ। माओवादी केन्द्रका उपमहासचिव देवेन्द्र पौडेलका अनुसार, बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सुरु भएको हो।

बैठकमा सरकारले स्वीकृतिका लागि पेस गर्न लागेको विभिन्न अध्यादेशहरूको बारेमा छलफल भइरहेको छ। पौडेलका अनुसार, विपक्षी दलहरूले सरकारको प्रस्तुत गर्न लागेको निम्नलिखित अध्यादेशहरूबारे छलफल गरिरहेका छन् ।

आर्थिक र व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी नेपाल ऐनमा संशोधन, निजीकरण ऐन २०५० को संशोधन, आर्थिक कार्यविधि र वित्तीय, उत्तरदायित्व ऐन २०७६ को संशोधन, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐनमा संशोधन, सहकारी सम्बन्धी नेपाल ऐनमा संशोधन संसद सचिवालयका अनुसार, यी सबै अध्यादेशहरूलाई आजको प्रतिनिधि सभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ। उक्त बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको छ।