बैतडीको चौरथली कालागाउँमा भरुवा बन्दुकसहित एक जना पक्राउ


काठमाडौँ- बैतडीको दोगडाकेदार गाउँपालिका(८ चौरथली कालागाउँमा एक जना व्यक्तिलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको पहिचान ५१ वर्षीय पाल विष्टको रूपमा गरिएको छ।

प्रहरीका अनुसार, मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले उनका घरमा तलासी लिँदै भरुवा बन्दुक १ थान, गोली ७ राउण्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारेका थिए।

प्रहरीले विष्टलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।