गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज बैबाहिक जीवनमा बाँधिदैछन् । उनीहरुले आज बिहे गर्न लागेका हुन् । यसअघि दुई दिनसम्म उनीहरुको हल्दी र मेहेन्दी सेरेमोनी चलेको थियो ।
यी दुइको बिबाह समारोहमा आफन्त, परिवारका सदस्य र केही संगीतकर्मीलाई मात्र निम्तो गरिएको छ ।
असार महिनामा दुबई पुगेर महेश र अस्मिताले इन्गेजमेन्ट गरेका थिए । महेश र अस्मिता नेपाली गीतसंगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय मानिन्छन् ।
अस्मिताको माग नेपाली फिल्मको पाश्र्व गायनमा पनि निकै छ । महेशका आधुनिक गीतले भने दर्शकको ध्यान खिच्न सफल भएका छन् ।
प्रतिक्रिया