काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिका(३ स्थित सिंगल ट्रिबाटबाट प्रहरीले २६ वर्षीय अर्जुन श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरेको छ। श्रेष्ठ सिन्धुलीको गोलञ्जोर गाउँपालिका(५ का निवासी हुन् र हाल काठमाडौँको नागार्जुनमा बस्दै आएका थिए।
प्रहरीले उनका साथबाट १५६० एम्पुल लागुऔषध बरामद गरेको हो। बरामद गरिएको लागुऔषधमा ५४० एम्पुल डाइजेपाम, ५२० एम्पुल फेनारगन र ५०० एम्पुल बुप्रेनर्फिन रहेका छन्।
उनीविरुद्ध लागुऔषध मुद्दामा ५ दिनको म्याद लिएर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको एसपी अपिल बोहरोले जानकारी दिए।
प्रतिक्रिया