फिल्म ‘११ः५५’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्मको मेकिङ सहित सस्पेन्स पाटो पनि विशेष देखिएको छ । फिल्मका सबै कलाकारहरुको काम पनि गज्जब देखिएको छ ।
विचित्र फिल्मस्को व्यानरमा गुड जब आर्टस्को सहकार्यमा तयार भएको यो फिल्ममा केशव पाण्डेको कथा र निर्देशन छ ।
फिल्ममा एमएस अग्रज, केशव पाण्डे र शेखर ज्ञवालीको लेखन छ । एमएस अग्रज कार्यकारी निर्माता रहेको फिल्ममा श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज, वुद्दि तामाङ, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।
श्याम शर्मा र सरोज शर्माको लगानी रहेको यो फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रद्युम्न मिश्रको डीओपी, पासाङ दावा शेर्पाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन छ ।
फिल्मको ट्रेलरले दर्शकलाई उत्सुकता जगाउन सक्छ । यसैले, यसको निर्माणपक्ष फिल्मप्रति आशावादी देखिएको छ ।
फिल्मका निर्देशक केशव पाण्डेले हरेक १५–१५ मिनेटमा फिल्ममा नयाँ नयाँ कथा खुल्दै जाने बताए ।
प्रतिक्रिया