साँखुमा टिपरको ठक्कर, तीन जनाको मृत्यु


काठमाडौं- काठमाडौंको साँखु, शङ्खरापुर नगरपालिका(६ सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा आज बिहान सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

बिहान ३स्४० बजेका आसपास, बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिएको थियो। सो टहरामा ६१ जना बस्दै थिए, र टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए।

दुर्घटनामा २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए, र उनीहरूलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

टिपर चालक सिन्धुपाल्चोकको मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ।