नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो


काठमाडौँ- आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबारको मूल्यभन्दा ५ सय रुपैयाँ कम हो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा केही वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबारको मूल्य १ हजार ९ सय ८५ रुपैयाँको तुलनामा ५ रुपैयाँ बढी हो।