नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठको इन्गेजमेन्ट हुन लागेको चर्चा चलिरहेको छ । चैत्रमा उनीहरुले इन्गेजमेन्ट गर्न लागेको खबर बाहिरिएको हो ।
तर, बुधबार आयोजित फिल्म ‘११ः५५’को ट्रेलर सार्वजनिक कार्यक्रममा भने श्रृष्टिले यो कुरा अस्विकार गरिन् । उनले, सौगातसँग आफू फेरि निकट भएको कुरा भने स्विकार गरिन् ।
उनले, सौगात र आफूले पहिले पनि झगडा गरेर अलग नभएको भन्दै अहिले आफूहरुको सम्बन्ध राम्रो रहेको तर्क गरिन् । तर, उनीसँग बिहे गर्न लागेको खबरलाई भने श्रृष्टिले अस्विकार गरिन् ।
उनले, भोलिको दिनमा के हुन्छ थाहा नभएपनि अहिले तत्काल यस्तो योजना नरहेको बताइन् । सौगात र श्रृष्टिले चैत्रमा बिहे गर्न लागेको र यसका लागि फिल्म ‘कल्ली’को छायांकनबाट सौगातले फागुन २५ बाट विश्राम लिन लागेको खबर पनि सार्वजनिक भएको थियो ।
श्रृष्टि र सौगातले फिल्म ‘भाइरल गोर्खे’मा काम गरेका छन् । उनीहरु निकै नजिक भएर काम गरिरहेको फोटो पनि सार्वजनिक भएको थियो । तर, बिहेको कुरामा भने उनीहरु अहिले नै तयार नभएको वुझिएको छ ।
प्रतिक्रिया