कता अल्झिरहेकी छिन् करिश्मा ?



नायिका करिश्मा श्रेष्ठ कता अल्झिरहेकी छिन् । फिल्म ‘मायावी’ हेरेपछि धेरैले यही प्रश्न गरिरहेका छन् ।

उनै, करिश्माले अभिनय गरेको फिल्म ‘११ः५५’को ट्रेलर पनि सार्वजनिक भएपछि उनको कामको चर्चा अझै बढेको हो ।

किनकी, करिश्मा श्रेष्ठले यो फिल्ममा पनि गज्जबको काम गरेको देख्न सकिन्छ । ‘मायावी’मा आफूले पाएको भूमिकालाई बुलन्द तरिकाले निर्वाह गरेकी करिश्मा ‘११ः५५’बाट पनि उदाउने विश्वास धेरैको छ ।

करिश्मा अब आफू फिल्म क्षेत्रमा गम्भिर भएर लाग्ने बताउँछिन् । बिचमा आफू कही कतै अल्झिएको बताउने करिश्मा अब भने दर्शक र मिडियाकर्मीको सुझाव अनुसार नै काममा गम्भिर बन्ने बताउँछिन् ।

करिश्माले प्रेममा ब्रेकअप भएपछि फिल्ममा काम गरिनन् । बरु, सामाजिक संजालमा उनी चर्चामा रहिन् । बेलाबखत उनले बोलेका कुराहरुले पनि उनी विवादमा परिन् । तर, अहिले फेरि उनी फिल्मी बाटोमा कुद्न थालेकी छिन् ।