‘बलिदान’मा समीरपछि कविता पनि एक्सन अवतारमा



फिल्म ‘बलिदान’बाट फिल्म क्षेत्रमा प्रवेश गर्न लागेकी नायिका कविता रायको लुक्स सार्वजनिक गरिएको छ । नायक समीर भट्टको लुक्स सार्वजनिक भएको केही दिनपछि कविताको लुक्स पनि निर्माणपक्षले सार्वजनिक गरेको हो ।

फिल्ममा कविता पनि एक्सन अवतारमा नै छिन् । उनको साथमा फिल्ममा अर्पण थापा, सौगात मल्ल, ऋचा शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

यो फिल्मलाई सन्तोष सेनले निर्देशन गरेका हुन् । फिल्ममा कवितालाई अनुवन्धित गर्नुको कारणबारे सन्तोष लेख्छन्–‘राज्यको मूलधारबाट किनारिएका वर्ग ‘भिल्ला’को बसोबास रहेको ‘भिल्लमगढ’मा महिलामाथि हुने सामाजिक उत्पीडन र तिनका कमजोरीको फाइदा उठाएर कुटिल नेताबाट ‘युज एन्ड थ्रो’ गरिने कथालाई आधार बनाएर निर्माण भइरहेको फिल्म बलिदानका लागि हामीलाई यस्तै परिवेशबाट आएको प्रतिनिधी पात्र ‘किरण’को चरित्रलाई सशक्त रुपमा जीवन्त बनाउने अभिनेत्रीको आवश्यकता थियो ।’

फिल्मका लागि कल्पना गरिएको पात्रमा अडिसनबाट कविता छानिएको सन्तोषको भनाई छ । फिल्ममा कविताले नायक समीर भट्टसँग मिलेर एक्सनका दृश्यहरु दिएको पनि वुझिएको छ ।

कविता म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी हुन् । आउँदो वर्षको दशैंको फूलपातिबाट यो फिल्म रिलिजमा आउँदैछ । निर्माणपक्षले प्रचार भने अहिलेबाट नै सुरु गरेको छ ।