सांसद देवेन्द्र पौडेलले केबलकार निर्माण प्रक्रियामा सरकारसँग सहजीकरणको माग गरे


काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पाथीभरामा केबलकार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग माग गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले सरकारसँग वार्ता, सहमति र सम्झौताका आधारमा मुक्कुम्लुङको संस्कृति र परम्पराको संरक्षण गर्दै विकासको कार्यलाई अगाडि बढाउन अनुरोध गरे।

सांसद पौडेलले वर्तमान वार्ताको प्रगति बारे पनि प्रश्न गर्दै, सरकारको हालको दमनको बाटो गलत रहेको टिप्पणी गरे। उनले सरकारको आलोचना गर्दै भने, ूनिजी क्षेत्रले गर्ने कामको लागि राज्यको जिम्मेवारी र दायित्वमा सुधार आवश्यक छ।

उनले थपे, निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो। चन्द्र ढकालजस्ता व्यवसायीहरूको कठिन आर्थिक अवस्थाबाट अगाडि बढ्नको लागि सरकारले प्रोत्साहन गर्नुपर्छ।

सांसद पौडेलको भनाइमा, ऊर्जा, पर्यटन र कृषि क्षेत्रमा अझ बढी लगानीको आवश्यकता छ र निजी क्षेत्रको योगदानलाई थप महत्व दिनुपर्नेमा जोड दिइएको छ।