अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनभन्दा रुससँग शान्ति सम्झौता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि विश्वास व्यक्त गर्दै युद्ध रोक्न चाहने पुटिनको ईच्छामा आफू विश्वस्त रहेको जनाए।

ट्रम्पले भने, हामीलाई विश्वास छ कि पुटिन युद्ध अन्त्य गर्न चाहन्छन,” र युक्रेनसँग व्यवहार गर्न गाह्रो हुँदै गएको स्वीकार गरे। उनले युक्रेनसँग धेरै विकल्पहरू नभएको बताउँदै भने, हामीले युद्ध सकेसम्म चाँडो अन्त्य होस् भन्ने उद्देश्यले युक्रेनमाथि थप दबाब दिइरहेका छौं।

अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध रोक्न काम गर्ने कुरा निरन्तर बताउँदै आएका छन्। यस महिनाको सुरुमा, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रपति ट्रम्पको ह्वाइट हाउसमा भेटवार्ता भएको थियो।

तर, ओभल अफिसमा भएको उक्त भेटमा दुई नेताबीच विवाद सिर्जना भएको थियो। मिडियाकै अगाडि चर्को बहस भएपछि वार्ता सफल हुन सकेको थिएन।