राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज आइतबार कास्की जिल्ला अदालतमा तारिख बुझ्न उपस्थित हुँदैछन्। काठमाडौंबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जान लागेका रवि लामिछाने कास्की अदालतमा आफ्नो दोस्रो तारिखका लागि उपस्थित हुँदैछन्।
पोखराबाट उनले सिधै रुपन्देही जानुपर्नेछ, जहाँ भोलि सोमबार अर्को तारिख छ। पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए। यसैगरी, काठमाडौंको स्वर्णलक्ष्मी र चिवतनको सहारा चितवन सहकारीमा पनि ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए।
पर्साको सानो पाइला सहकारी ठगीमा भने उनीविरुद्ध मुद्दा दर्ता हुन बाँकी रहेको छ।
प्रतिक्रिया