काठमाडौंमा गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने तयारी चलिरहेको छ। माओवादी नेता हिमाल शर्माका अनुसार, “ठूला दलहरूको संलग्नतामा गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने तयारी छ।” उनले भने, “अरु दलहरू तयार भएनन् भने माओवादी एक्लैले प्रदर्शन गर्न सक्छ।”
प्रदर्शनको समय भने अझै तय भएको छैन, तर चैत पहिलो साताभित्र प्रदर्शन गर्ने तयारी रहेको नेताहरूको भनाइ छ।
राजावादीहरूको गतिविधि बढेको कारण माओवादीका शीर्ष नेताहरूले ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका छन्। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार, काठमाडौंमा रहेका शीर्ष नेताहरू अनौपचारिक संवादमा जुटेका छन्, जसमा पार्टीको आगामी नीति तय गर्ने छलफल भइरहेको छ।
नेताहरूको भनाइ अनुसार, अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निर्णयमा पुगिनेछ।
प्रतिक्रिया