मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतका लागि अपिल


प्रख्यात अभिनेत्री मनिषा कोइरालाले सम्पूर्ण देशवासीलाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा अपिल गरेकी छन्। उनले आफ्नो स्टाटसमा लेखिन्, “आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ।

मनिषाले पूर्वराजालाई ‘सरकार’ सम्बोधन गर्दै आफ्नो अपिल सार्वजनिक गरेकी छन्। कांग्रेसका ‘महामानव’ बीपी कोइरालाकी नातिनी मनिषा पछिल्लो समय कांग्रेसभन्दा पृथक् रहेर राजसंस्थाको वकालत गर्दै आएकी छन्। उनले केही समयअघि राप्रपाको सभामा भाषण समेत गरेकी थिइन्।