पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालयका अनुसार पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। ५२ वर्षीय पौडेल गम्भीर घाइते भएका थिए र उनलाई उपचारका लागि जिपी कोइराला अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रतिक्रिया