काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै हुनुहुन्छ ।
उहाँ पोखराबाट समिट एयरको विशेष विमानबाट काठमाडौ आउन तयारी भै रहेको जनाईएको छ । राजावादीहरुले उहाँको स्वागतका लागि बिषेश तयारी गरेका छन् ।
संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन आह्वान गरेको छ ।
राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने राजावादीहरूको तयारी छ ।
प्रतिक्रिया