कस्तो चल्दैछ ‘होस्टेल ३’ ?



शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘होस्टेल ३’ले शनिबार दर्शकको उत्साहजनक साथ पायो । देशभरकै हलमा फिल्मको व्यापार सुखद देखियो । अझ, उपत्यकाका हलमा यो फिल्मको क्रेज बढी देखिएको छ ।

सशान कँडेलको निर्देशनमा तयार भएको यो फिल्मलाई माधव शर्माले लेखेका हुन् । फिल्ममा पारस बम, रिहान गिरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी लगायतका कलाकारहरुको अभिनय छ । नयाँ पुस्ताका कलाकारहरुले दर्शकलाई हलसम्म तान्न सफल भए ।

शुक्रबार ठिकठाक ओपनिङ गरेको यो फिल्मले शनिबार भने आक्रामक व्यापार गर्यो । फिल्मको व्यापारले यसका कलाकार र निर्माण टिम उत्साहित देखिएका छन् ।

युवापुस्ताको कथामा बनेको फिल्म भएकाले पनि युवा दर्शक नै हलमा बढी देखिएका छन् । फिल्मको आज बिहानदेखिको व्यापार भने कमजोर छ । मध्यान्नपछि दर्शकको चाप हलमा बढ्ने देखिन्छ ।